• गृहपृष्ठ
  • खानेपानी मन्त्रीलाई महालक्ष्मी नगर क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको बजेट सुनिश्चित गर्न ध्यानाकर्षण

खानेपानी मन्त्रीलाई महालक्ष्मी नगर क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको बजेट सुनिश्चित गर्न ध्यानाकर्षण

Mar 10th, 2024

काठमाडौं, फागुन २७
खानेपानी मन्त्री माननीय राजेन्द्रकुमार राईलाई आज सिंहदरवारस्थित कार्यकक्षमा भेटेर महालक्ष्मी नगरपालिकाका १ देखि ५ नम्बर वडा क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको बजेट सुनिश्चित गर्न ध्यानाकर्षण गराएको छ। बागमती प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठले मेलम्ची खानेपानी आयोजनाको बजेट सुनिश्चित गर्न ध्यानाकर्षण गराएको हाे ।

मन्त्री राईले आगामी आर्थिक वर्षको बजेटमा महालक्ष्मी नगर क्षेत्रलाई आयोजना विस्तारका लागि रकम सुनिश्चित गर्ने प्रतिबद्धता जनाएकाे श्रेष्ठ बताए ।

२०७७ सालमा म महालक्ष्मी नगरपालिकाको मेयर भएका बेला १ देखि ५ नम्बर वडा क्षेत्रमा मेलम्ची खानेपानी विस्तारका लागि डीपीआर सम्पन्न भएको श्रेष्ठले जनाएको छ ।

श्रेष्ठले यसअघि छुटेको महालक्ष्मी नगरपालिकाका वडा नम्बर ६ देखि १० र चक्रपथ बाहिरी क्षेत्रमा रहेको ललितपुर महानगरपालिका वडा नम्बर १७ मा समेत डीपीआर गराई पानीको सुनिश्चितताका लागि समेत ध्यानाकर्षण गराएको जानकारी दिए ।