• गृहपृष्ठ
  • भक्तपुरमा श्रीमान श्रीमती झगडा, श्रीमतीको मृत्यु

भक्तपुरमा श्रीमान श्रीमती झगडा, श्रीमतीको मृत्यु

Mar 8th, 2024

काठमाडौं, फागुन २५

भक्तपुरमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका-३ झौखेल पिपलबोट नजिकै श्रीमानले श्रीमतीमाथि कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-८ घर भएका २५ वर्षीय सन्तोष भुजेलले मादक पदार्थ सेवन गरी २१ वर्षीया श्रीमती पवित्रा राईमाथि कुटपिट गरेको आरोप छ ।

कुटपिटपछि गम्भीर घाइते भएकी पवित्रा उपचारको क्रममा मृत्यु भएको डिएसपी पाठकले बताए ।

कुटपिट गरी हत्या गरेको आरोपमा  परेका सन्तोषलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले अनुसन्धान गरिरहेको छ ।