• गृहपृष्ठ
  • एमाले ललितपुरको नवाैं जिल्ला अधिवेशन चैत २३ बाट हुने

एमाले ललितपुरको नवाैं जिल्ला अधिवेशन चैत २३ बाट हुने

Mar 8th, 2024

ललितपुर, फागुन २५

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुरको नवाैं जिल्ला अधिवेशन चैत २३ बाट हुने भएकाे छ । बुधबार बसेको पार्टी जिल्ला कमिटी सचिवालय बैठकले पार्टी अधिवेशन आगामी चैत २३ देखि २५ गतेसम्म आयोजना गर्ने निर्णय गरेको हाे ।

अधिवेशन व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि बैठकले पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा ४ सय ७५ सदस्यीय अधिवेशन मूल आयोजक समिति गठन गरेकाे छ । नवौँ अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्नेछ ।