• गृहपृष्ठ
  • कीर्तिपुर नगरपालिका– १ का वडाध्यक्षको निधन

कीर्तिपुर नगरपालिका– १ का वडाध्यक्षको निधन

Mar 7th, 2024

काठमाडौं, फागुन २४

कीर्तिपुर नगरपालिका– १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित महर्जनको बुधबार कीर्तिपुर–१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । महर्जनलाई हिजो नै अस्पतालबाट घर लगिएको थियो ।

६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर– १ को अध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका २ वटा वडा अध्यक्ष विहिन भएका छन् ।