• गृहपृष्ठ
  • एकल महिलाकाे जिविकाेपार्जन उकास्न अटाे वितरण

एकल महिलाकाे जिविकाेपार्जन उकास्न अटाे वितरण

Mar 6th, 2024

काठमाडौं, फागुन २३

डाेटीमा एकल महिलाकाे जिविकाेपार्जन उकास्ने उद्देश्यले एक महिलालाई अटाे वितरण गरेकाे छ ।

सम विकास केन्द्र ( इडिसी) डाेटीकाे आयाेजनामा बुधबार जिल्लाकाे मुख्य व्यापारीक केन्द्र दिपायलमा “समतामूलक समाजकाे निर्माण, हाम्रो अभियान” भन्ने मुल नाराकासाथ समान कामकाे समान ज्याला र श्रम अधिकार सम्बन्धी बजारमा दबाबमूलक र्‍याली निकाले पश्चात् काेण सभा कार्यक्रम गरी महिलालाई अटाे हस्तान्तरण गरेकाे हाे ।

४ लाख सम विकास केन्द्र ( इडिसी) तथा एक्शनएड नेपाल र २ लाख दिपायल सिलगढी नगरपालिका गरी ६ लाखकाे संयुक्त लगानीमा नगरपालिकाकाे वडा नम्बर ७ घर भइ विगत १४ वर्षदेखि वडा नम्बर ४ राजपुर माइतीघरमा बसाेबास गर्दै आएकी धनसरा आउजीलाई अटाे हस्तान्तरण गरेकाे छ ।

माइतीघरमा विगतका वर्षदेखि ४ वटा छाेरा र एउटा आमालाई पाल्दै आएकी धनसरालाई महिला दिवसरकाे अवसर पारी
जिविकाेपार्जन तथा क्षमता विकासकाे लागि एक महिने अटाे चालक तालिम दिएर संयुक्त लगानीमा अटाे दिइएको संस्थाले जानकारी दिएकाे छ ।

नगरप्रमुख बाजि सिं खड्काका अनुसार महिलाकाे हकअधिकारकाे लागि नगरपालिकाकाे न्यायपालिका रहेकाे बताउनु भयाे । संस्थाले विगत देखि महिलाका सवालमा काम गर्दै आएकाे सम विकास केन्द्रका अध्यक्ष केशब परियारले बताउनु भयाे ।