• गृहपृष्ठ
  • “नेपाल चेम्बर एक्स्पो २०२४” मा ५ रियलस्टेट कम्पनिका आकर्षक प्रपर्टिहरू प्रदर्शन गरिने

“नेपाल चेम्बर एक्स्पो २०२४” मा ५ रियलस्टेट कम्पनिका आकर्षक प्रपर्टिहरू प्रदर्शन गरिने

Mar 6th, 2024

काठमाडौं, फागुन २३

यही फागुन २४ गतेदेखि २८ गतेसम्म भृकुटिमण्डपमा “नेपाल चेम्बर एक्स्पो २०२४” आयोजना हुने भएको छ । यो एक्स्पो “नेपाल चेम्बर अफ कमर्सले गर्न लागेको हो । 

पाँच दिनसम्म चल्ने एक्स्पोमा नेपाल ल्यान्ड एन्ड हाउजिङ डेभलपर्स एसोसिएसन  (NLHDA)ले साना तथा ठूला घरजग्गा व्यवसायी र खरिदकर्ता तथा बिक्रेतालाई लक्षित गर्दै रियलस्टेट मार्ट स्टल पनि उपलब्ध गराउनेछ । 

एक्स्पोमा सीडी ग्रुप, रोड सो रियल इस्टेट, कन्टिनेन्टल डेभलपर, नेपाल रियल इस्टेट मार्ट, लगायतका रियलस्टेट कम्पनी तथा डेभलपरहरूको  सहभागिता रहनेछ । 

एक्स्पोमा आउने अवलोकनकर्ताहरूले प्लटिङ, हाउजिङ, भिल्लाहरूको बारेमा जानकारी लिन सक्नेछन् । 

प्रदर्शनीमा सहभागी रियल इस्टेट कम्पनि तथा डेभलपर र तिनका प्रपर्टिहरूः

रोड सो रियल इस्टेटः पुल्चोक अपार्टमेन्ट र बुढानीलकण्ठ अपार्टमेन्ट, 

कन्टिनेन्टल डेभलपरः नयाँ हाउजिङ र प्लटिङहरू, 

नेपाल रियल इस्टेट मार्टः चागुनारायण भिलेज, भैँसेपाटी भिल्ला, 

धुलिखेल प्याराडिज र सीडी ग्रुपः आकृति कोलोनी र आभाष कोलोनीका घरहरू 

बसोबास नेपालले एक्स्पोमा सहभागी रियलस्टेट कम्पनी तथा डेभलपरहरूको प्रतिनिधित्व गर्नेछ ।