• गृहपृष्ठ
  • भोट्खोला दोश्रो  ल्होसार फुटबल कप २०८० सम्पन्न

भोट्खोला दोश्रो  ल्होसार फुटबल कप २०८० सम्पन्न

Mar 6th, 2024

काठमाडौं, फागुन २३

संघर्षशिल युथ क्लब सेक्सुमको आयोजनामा काठमाडौंको सिफल चौरमा सुरु भएको  भोट्खोला दोश्रो  ल्होसार फुटवल कप २०८० सम्पन्न भएको छ  । गत्त मंलबारबाट शुरु भएको खेल आठ दिनसम्म संञ्चालन भएको थियो । पुरुष तर्फ ३३ टिम र महिला तर्फ ११ टिम सहभागी भएका थिए । प्रतियोगीतामा पुरुष तर्फको उपाधी सेम्बुङ युथ क्लबको पोल्टामा गयो भने, दोस्रो च्याम्ताङ युथ क्लब, तेस्रो थाङ्मुछी बिकास समाज भएको थियो भने  चौथो भेच्याबा युथ क्लब भएको थियो ।त्यसैगरी  महिलातर्फ प्रथम फाराङ दङ्गोक टिम, दोस्रो भोटखोला वडा न ४ तेस्रो च्याम्ताङ दिदिबहिनी टिम र चौथो पाङ्दोक मिङो ङा हुन सफल भए ।

समापन कार्यक्रमका प्रमुख अतिथी नेपाल रग्बी संघका केन्द्रिय कोषाध्यक्ष जे.बि दिपक अधिकारीको उपस्थीति रहेको थियो त्यसैगरी  विशिष्ठ अतिथिमा पर्यटन ब्यवसायि टिकाराम गुरुङ र संखुवासभा लर्निङ ग्राउन्डका प्रमुख कर्म भोटिया रहेका थिए ।  अतिथिको रुपमा  राष्ट्रिय खेलाडी पिम्बा नुर्पु भोटे  लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

समापन कार्यक्रममा  प्रमुख अतिथि नेपाल रग्बी संघका केन्द्रिय कोषाध्यक्ष जे.बि दिपक अधिकारीले बधाई तथा कार्य सफलताको शुभकामना दिदै आफु पनि खेलकुदमै लागेको भएर आगामि दिनमा थप साथ सहयोग दिएर लाग्ने बाचा गरे । साथै उनले रग्बी खेल सिक्न चाहनेका लागि आफुले खेलाडिहरुलाई पूर्ण सहयोग गर्ने समेत बताए ।

त्यसैगरी  कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ  अतिथि पर्यटन ब्यवसायि टिकाराम गुरुङले यस क्लबले हाल सम्म कसैले गर्न नसकेको काम गरिरहेको बताए । उनले भने काठमाडौं जस्तो ठाउँमा यति धेरै टिमलाई सहभागी बनाएर सौहार्दपूर्ण तरिकाले खेल खेलाउन सक्नुनै क्लवको सफलता हो । आगामी दिनमा यस्ता कार्यक्रमहरु अझ भोटखोलालाई विश्वभर चिनाउने खेलकुद,साहित्य तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न आफु तयार रहेको बताए ।

कार्यक्रममा विशिष्ठि अतिथी संखुवासभा लर्निङ ग्राउन्डका प्रमुख कर्म भोटियाले यस क्लबले भोटखोलाको मात्र होइन संखुवासभाको समेत इज्जत राखेको छ । खेलकुद अझ फुटवल हाम्रो जस्तो पहाडी तथा हिमाली क्षेत्रमा खेल मैदान लगायत अन्य कुराको अभाव हुदाहुदै पनि यसलाई सजिलै गर्न सकेको छ । हाल भोटखोलाले विभिन्न परिवर्तनहरु गरिरहदा यसखालका कार्यक्रमले सबैलाई हौसला मिल्ने समेत बताए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा सल्लाहकार छितेन लिङ्बो भोटेले हामीले पहिलो पटक प्रतियोगितामा भएका साना तिना कमजोरीबाट पाठ सिकेर हामीले यस पटक अलि नँया ढंगबाट खेल सञ्चालन गरेको हुदानै हामीले कार्यक्रम सजिलै सफलता पायौ आठ दिनसम्म कुनै घटना नभई सफलतापूर्वक कार्यक्रम सकियो  । उनले कार्यक्रम सफल पार्न सहयोग गर्ने सहयोगी दाता तथा खेल प्रायोजन गर्ने संघसस्था तथा व्यक्तीलाई धन्यवाद समेत दिए । हामीले सदाझै यस पटक पनि खेलाडीहरुलाई निष्पक्ष ढगले खेल खेलाएकाछौं  र खेल भनेको यस्तो हुनुपर्छ भनेर चिनाउन समेत हामी पछी परेनौ  ।


समापन  कार्यक्रमलाई विट मार्दै  क्लवका अध्यक्ष आकास लिङबोले भने हामीले आट गर्यो विभिन्न सहयोगी मनहरुले सहयोग गर्नुभो त्यसैले हामी सफल भयौ यस पटक पहिलेको भन्दा कार्यक्रम केहि व्यवस्थीत गरेकाछौं भन्ने हामीलाई लागेको छ । सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद आगामि दिनमा पनि हामीलाई साथ सहयोग तथा हौसला दिनुहुनेछ भन्ने विस्वासमा छौं । साथै उनले क्लवको बारेमा समेत बोलेका थिए ।
कार्यक्रममा फुटवल प्रतियोगितालाई सहयोग गर्ने सहयोगीदाताहरुलाई तथा विजेता,उपविजेताहरुलाई अतिथीहरुको हातबाट सम्मान गरिएको थियो ।