• गृहपृष्ठ
  • आज ८ मार्चको पुर्व सन्ध्यामा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न

आज ८ मार्चको पुर्व सन्ध्यामा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न

Mar 6th, 2024

काठमाडौं, फागुन २३

आज ८ मार्चको पुर्व सन्ध्यामा विश्व सामाजिक मञ्च २०२४ अन्तर्गत विश्व महिलावादी मञ्चद्वारा घाेषणा गरिएकाे ११ बुदे घाेषणा पत्रकाे सार्वजनिक गरिएकाे छ । संरचनागत विभेद विरुद्धको प्रतिरोध भन्ने नाराका साथ महिला, किशोरी, युवा, यौनिक तथा लैङ्गिक अल्पसंख्यिक समुदायको मानव अधिकारको सवालमा कार्यरत अभियान्ताहरुको सहभागिता तथा ऐक्यवद्धतामा सम्पन्न विश्व सामाजिक मञ्च फेव्रुवरी १६ देखि १९ सम्म सफलता पूर्वक सम्पन्न भएको  थियाे र उक्त कार्यक्रमबाट तय भएका ११ बुँदे घोषणा पत्र  विश्व महीलाबादी मञ्चका सह आयोजक संस्थाहरुका तर्फबाट पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै सबैमा यो घोषणा पत्रमा उल्लेख गरेका मागहरु तर्फ संसारभरका सरकारहरु जिम्मेवार नभएसम्म अहिले सरकारद्वारा लिइएको नारा ओठे नारामा मात्र सिमित रहनेछ भन्ने निचोड निकालिएको छ ।

गैरसरकारी महासंघकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विश्व महिलावादी मञ्चमा उठान भएका सवालहरुलाई सम्बोधन गर्नु अहिले को आवश्यकता हो भन्ने सबै सरोकारवालामा ध्यानाकर्षण गराइएकाे छ । ११४ वर्षदेखि सामाजिक राजनैतिक रुपान्तरणका साथ साथै महिला अधिकारका लागि आवाज उठाउन सुरु गरिएको मार्च ८काे सन्दर्भ पारेर महिलाका सवालमा नियमित आन्दाेलन गरिरहने र त्यसका लागि मानवअधिकारकर्मी, अभियन्ता र पत्रकारहरूले सवालकाे उठान र लाेकतन्त्रिक गणतन्त्रकाे हुवहु लागु गराउनमा हातमा हात, साथमा साथ दिनु पर्ने र  सन् २०२४ मा फेरी एकपटक नेपाल सरकार लगायत विश्वभरका सबै सरकारलाई यो दिवसमा अहिले देश तथा विश्व कै राजनीतिक,आर्थिक संरचनामा परिवर्तन गर्दै विश्वमा हरेक व्यक्तिले सम्मानपुर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुने वातावरण निर्माण गर्न अपील गर्दछौँ र सराेकारवालाहरूकाे ऐकवद्दताकाे लागि आह्वान गर्दछाैं ।