• गृहपृष्ठ
  • पशुपति आसपास भोलिदेखि ५ दिनसम्म मासु र मदिरा निषेध

पशुपति आसपास भोलिदेखि ५ दिनसम्म मासु र मदिरा निषेध

Mar 5th, 2024

काठमाडौं, फागुन २२

शिवरात्रि मेलालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयमा भोलि फागुन २३ गतेदेखि ५ दिनसम्म पशुपतिनाथको मन्दिर आसपासको क्षेत्रमा मासु र मदिरा बेचबिखनमा निषेध गरेको छ।

काठमाडौं प्रशासनले एक सूचना जारी गरी गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणका क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थको ओसारपसार, बिक्री, भण्डारण र सेवनमा रोक लगाएको हो । यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही चेतावनी प्रशासनले दिएको छ।