• गृहपृष्ठ
  • सहकारी ठगी प्रकरण: पोखराबाट तीनजना पक्राउ

सहकारी ठगी प्रकरण: पोखराबाट तीनजना पक्राउ

Mar 5th, 2024

काठमाडौं, फागुन २२

सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले तीनजनालाई नियन्त्रणमा लिएको छ। 

पोखरा महानगरपालिका-९ न्यूरोडमा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना तथा अपचलन अभियोगमा सञ्चालक समितिका अध्यक्ष सुवर्णमान नकर्मी, सदस्य एवं ऋण संयोजक कृष्णमान श्रेष्ठ र सन्दीप पौडेल पक्राउ परेका हुन्।

सञ्चालक समितिका पदाधिकारीहरूले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, रकम अपचलन एवं ठगी गरेको भन्दै  सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा निवेदन दिएका थिए।

उनीहरुले सहकारीको करिब ७ करोड रुपैयाँ ठगी गरेको आरोप प्रहरीले लगाएको छ ।