• गृहपृष्ठ
  • भिभो भी३० सार्वजनिक हुन अघि नै देखियो नेपाल आइडलको जज इन्दिरा जोशीको हातमा

भिभो भी३० सार्वजनिक हुन अघि नै देखियो नेपाल आइडलको जज इन्दिरा जोशीको हातमा

Mar 1st, 2024

काठमाडौं, फागुन १८
होटल सोल्टीमा यही फेब्रिअरी २९ तारिखमा आयोजित एक औपचारिक प्रेस मिटमा नेपाल आइडल सिजन ५ की लोकप्रिय जज इन्दिरा जोशीले रिलिज हुनै बाकीँ नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएको छ । यो नयाँ स्मार्टफोनको बारेमा विस्तृतमा सम्पूर्ण विवरणहरुको खुलास भइसकेको छैन यद्यपी यसको प्रारम्भिक झलकबाटै प्रयोगकताहरुले भी३० स्मार्टफोनमा आकर्षक विशेषताहरु र डिजाइन हुने अनुमान गरिरहेका छन् ।

नयाँ स्मार्टफोनको झलक र कम्पनीको गाँय्गुइँबाट स्मार्टफोन फोटोग्राफीमा क्रान्ति ल्याउदँै क्यामेरा एडभान्समेन्टमा पनि विशेष गरी पोट्र्रेट क्षमतामा बलियो फोकस रहेको दर्शाउँछ । भी२९ को स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्टको सफलतापछि, भी३० मा औरा लाइट पोट्र्रेट विशेषता रहेको छ जसमा टाँढा दूरीमा रहेका वस्तुलाई पनि गुणस्तरीय पोट्र्रेटमा खिच्न मिल्ने डिस्टेन्स सेन्सेटिभ लाइटिङको विशेषता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसको साथै, फोनमा आकर्षक ग्रुप फोटोहरू र परिदृश्यहरू खिच्नका लागि शक्तिशाली ५०एमपी अल्ट्रा–वाइड–एंगल क्यामेरा आउँने अपेक्षा गरिएको छ ।

इन्दिरा जोशीले प्रयोग गरेको देखिएकोे फोन भी३० क्लासिक “नोबल ब्ल्याक” रंगमा रहेको र यो फोन विभिन्न डिजाइन विकल्पहरूमा आउने संकेत गरेको छ । पर्फमेन्सको सन्दर्भमा, भी३० स्मार्टफोनमा ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज आउनेछ र यो एक स्लिम फोन हुनुको साथै सहज प्रयोगकर्ता अनुभवको लागि स्न्यापड्रेगन ७ जेन ३ प्रोसेसर साथ आउनेछ । फोनले प्रिमियम लुक र स्मूद भिजुअलको लागि १२० हर्ट्ज रिफ्रेस रेटको साथमा थ्रीडी कर्भ स्क्रिन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो संगै, भिभो भी३० स्मार्टफोनको लन्चको लागी प्रयोगकर्ताहरुमाझँ उत्साह बढेको छ । सुन्दरता, उन्नत क्यामेरा सुविधाहरू, र उत्कृष्ट कार्यसम्पादनको प्रतिज्ञा गर्दै भिभोले स्मार्टफोन क्षेत्रमा एक पटक फेरि तरंगहरू ल्याउन तयारी गरिरहेको छ ।