• गृहपृष्ठ
  • इसेवाले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी सेवा 

इसेवाले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी सेवा 

Mar 1st, 2024

काठमाडौं, फागुन १८

इसेवाले ल्यायो नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवाको रुपमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा शुरु गरेको छ।

अन्तर्राष्ट्रिय भुक्तानी सेवा अब सुचारु भएसँगै भारतीय पर्यटकहरूलाई नेपालमा क्यूआर कोड मार्फत डिजिटल कारोबारको भुक्तानी गर्नलाई सजिलो हुने भएको छ।

फोनपे क्यूआर लिएका साना तथा मझौला व्यवसाय संचालन गर्ने इसेवा मर्चेन्टहरूलाई हाललाई यो सेवा उपलब्ध भएको इसेवा प्रा. लि. ले आफ्नो आधिकारिक ब्लगमार्फत् जानकारी गराएको छ।

नेपालको भुक्तानी सेवा सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलबीच नेपाल-भारत अन्तरदेशीय भुक्तानी सेवाको साझेदारी स्वरूप उक्त सेवा आउन लागेको हो। अहिलेलाई इसेवा मर्चेन्टहरूले आफ्नो साथ रहेको फोनपे क्यूआरमा नै भारतीय पर्यटकहरू मार्फत् भारतीय भुक्तानी सेवा प्रदायक प्लेटफर्म भिम-यूपीआई र फोनपे (PhonePe) को प्रयोग मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्।