• गृहपृष्ठ
  • समस्याग्रस्त तीन सहकारीलाई समितिले जारी गर्‍याे ६ बुँदे निर्देशन

समस्याग्रस्त तीन सहकारीलाई समितिले जारी गर्‍याे ६ बुँदे निर्देशन

Mar 1st, 2024

काठमाडौं, फागुन १८

 समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित भएका सहकारीका ऋणी, संचालक तथा सरोकारवालाहरुलाई निर्देशन जारी गरेको छ ।

कार्यालयले बुधबार एक सूचना जारी गर्दै हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था र कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका  ऋणी, संचालक तथा सरोकारवालाहरुलाई ६ बुँदे निर्देशन जारी गरेकाे हो । 

कार्यालयलले संचालक तथा कर्मचारीले सो सहकारीसँग सम्बन्धित सम्पुर्ण कागजात तथा सम्पत्तिहरु समिति समक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनैपनि कारोवार नगर्न निर्देशन दिएको हो । 

त्यसैगरी समितिले संचालक र कर्मचारीले समिति समक्ष उपस्थित भै आवश्यक सहयोग गर्न, ऋणी सदस्यहरुले यस समितिमा सम्पर्क राखि ऋण भुक्तानी गर्न र  साविक संचालक/कर्मचारीसँग भुक्तानी सम्वन्धि कारोवार नगर्न समेत निदेर्शन दिएको छ ।