• गृहपृष्ठ
  • महालक्ष्मी नगरमा निःशुल्क पि. पि. आर भ्याक्सिन खोप लगाउने

महालक्ष्मी नगरमा निःशुल्क पि. पि. आर भ्याक्सिन खोप लगाउने

Feb 29th, 2024

ललितपुर, फागुन १७
महालक्ष्मी नगरपालिका कृषि शाखाले फागुन १६ गते देखि २२ सम्म निःशुल्क पि. पि. आर भ्याक्सिन खोप लगाउने भएको छ । शाखाले भेडा र ब्राखाको लागि संघीय बजेटबाट प्रदेश संग समन्वय गरेर लगाउने भएको हो ।

त्यस्तै, महालक्ष्मी नगर कृषि शाखाले फागुन २१ गते निःशुल्क बिरामी पशु भेडा र बाख्राको स्वास्थय परिक्षण पशुमा लाग्ने डायरिया लागे् मृत्यु हुने रोगबाट बचाउने भ्याक्सिन खोप निःशुल्क लगाउने महालक्ष्मी कृषि शाखाका दिपेन्द्र प्रसाद सुवेदिले जानकारी दिए ।

पि. पि. आर भ्याक्सिन खोप २१ गते महालक्ष्मी नगरपालिका १० मा मात्र सिमित हुने जनाएको छ ।