• गृहपृष्ठ
  • बैंकको किस्ता तिर्न नसकेपछि सपरिवारलाई जागिर माग्दै बैंकलाई पत्र

बैंकको किस्ता तिर्न नसकेपछि सपरिवारलाई जागिर माग्दै बैंकलाई पत्र

Feb 28th, 2024

काठमाडौं, फागुन १६

बैंकको किस्ता तिर्न नसकेपछि सपरिवारलाई जागिर माग्दै बागलुङका एक व्यक्तिले बैंकलाई पत्र पठाएका छन् । बागलुङ नगरपालिका ६ का चन्द्र बहादुर विकले सिटिजन्स बैंक बागलुङ शाखालाई एक पत्र पठाउँदै ऋणको किस्ता तिर्न नसकेको भन्दै बरु बैंकमै जागिर खाएर सो ऋण घटाउने भन्दै पत्र पठाएका हुन् ।

ऋणको साँवा र ब्याज तिर्न नसकेको पछि घरजग्गा लिलामीमा चढेको तर आफूसँग सो रकम तिर्न पैसा नभए पछि बैंकमै जागिर खाएर घटाउन आफूले पत्र पठाएर प्रस्ताव गरेको विकले सिधाकुरालाई बताए । 

चन्द्र बहादुरले आफूहरूलाई खर्च चलाउन पुग्ने मासिक ३ हजार मात्रै भुक्तानी दिएर बाँकी तलब भत्ताबाट ऋण कर्जा किस्ता कटाउन बैंकलाई अनुरोध गरेका छन् ।