• गृहपृष्ठ
  • काठमाडौं महानगरले माग्यो १४० स्वयंसेवक

काठमाडौं महानगरले माग्यो १४० स्वयंसेवक

Feb 27th, 2024

काठमाडौं, फागुन १५

काठमाडौं महानगरपालिकाले १ सय ४० जना स्वयंसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ ।

२४ साताका लागि मागिएको आवदेन अनुसार छनोट भएका स्वयंसेवकले सातामा २ दिन समय दिनुपर्छ ।

महानगरले स्वंयसेवक कार्यक्रम अन्तर्गत १ सय बालबालिका र वातावरण स्वयंसेवक र ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले बताए ।

स्वयंसेवक कार्यक्रम अन्तर्गत सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपर्ने झाले बताए ।

महानगरले स्वयंसेवकका लागि फारम भर्न नाम, थर, स्थायी, अस्थायी ठेगाना, रुचि भरेर बुझाउनुपर्ने हुन्छ ।