• गृहपृष्ठ
  • विद्यार्थीलाई बाल अधिकार, बाल यौन दुर्व्यवहार तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

विद्यार्थीलाई बाल अधिकार, बाल यौन दुर्व्यवहार तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

Feb 26th, 2024

ललितपुर, फागुन १४

लामाटार स्थित सिस्नेरी स्कुलका विद्यार्थीहरूलाई बाल अधिकार, बाल यौन दुर्व्यवहार तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् । बालबालिका माथि कुनै हिंसा भएमा समयमा नै उजुरी दिन प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षक बलराम श्रेष्ठ अनुरोध गरेका छन् ।

उनले भने – ‘बालबालिका माथि हुन सक्ने हिंसा तथा अपराध आफ्नो मान्छेबाट हुन सक्ने भएकाले तुरुन्तै सम्पर्क गर्ने ।‘

जनचेतनामूलक कार्यक्रममा निम्न विषयहरू प्रस्तुत गरेका छन् :

  • बालबालिकाको परिचय र कानुनी व्यवस्था
  • अपराध परिभाषा र अपराध सम्बन्धमा जानकारी गराउनु पर्ने जिम्मेवारी
  • बालबालिका माथि हुन सक्ने सम्भाव्य हिंसा तथा अपराधहरू
  • बालबालिका विरुद्ध हुने अपराध बारे कानुनी व्यवस्था हिंसा बाट बच्ने उपायहरू

महालक्ष्मी नगरपालिका ९ का वडाध्यक्ष जयकृष्ण बोगटीले प्रहरीसँग जति नजिक हुन्छ त्यतिनै समाज अगाडि बढ्न र अपराधी घटनाहरू हुन नदिन धेरै कुराहरूको मदत पुर्‍याउन सकिने बताए । 

यस्तै, विद्युतीय अपराध सम्बन्धी प्रस्तुतिकरण प्रहरी प्रभाग लुभुका  प्रहरी नायव निरीक्षक सन्तोष कुमार बुढाथोकीले गरेका छन् ।