• गृहपृष्ठ
  • गौतमश्री सहकारीले सस्तो जग्गा महंगोमा मूल्यांकन गरेर मिलान गर्न दबाब

गौतमश्री सहकारीले सस्तो जग्गा महंगोमा मूल्यांकन गरेर मिलान गर्न दबाब

Feb 26th, 2024

काठमाडौं, फागुन १४

बचतकर्ताको रकम फिर्ता नदिएको गौतमश्री बहुउद्देश्यीय सहकारीले सस्तो जग्गा महंगोमा मूल्यांकन गरेर मिलान गर्न दबाब दिएको छ। 

काठमाडौंको कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको सहकारीले गत वर्षदेखि नै बचतकर्ताको अर्बौँ रुपैयाँ फिर्ता गर्न सकेको छैन।

सहकारीले सुनसरीको इनरुवामा ८ लाख रुपैयाँ प्रतिकट्ठा पर्ने जग्गा ५० देखि ६० लाख रुपैयाँ मूल्यांकन गरेर बचतकर्तालाई खरिद गराउन खोजेको पाइएको छ। 

तर बचतकर्ताले बाटोसमेत नभएको भित्री जग्गा चर्को महंगो मूल्यांकन गरेकाले जग्गा लिन मानेका छैनन्। 

गौतमश्री सहकारीमा बचत गर्नेको संख्या करिब २५ हजार छ। २५ हजार व्यक्तिले अर्बौँ रुपैयाँ सहकारीमा जम्मा गरेका छन्। गत वर्ष २०७९ साउनयता बचतकर्ताले रकम फिर्ता माग गर्दै आएका छन्। 

तर, सहकारी संस्थाले फिर्ता गर्नसकेको छैन। गत मंसिरमा मात्रै सहकारीका अध्यक्ष रामबहादुर गौतमले १ अर्ब २० करोड रुपैयाँ फिर्ता गरिसक्ने बताएका थिए। तर बचतकर्ताले अहिलेसम्म रकम फिर्ता नपाएको बताएका छन्।