दादुरा–रुबेलाविरुद्धको खोप आजदेखि

Feb 25th, 2024

काठमाडौं, फागुन १३

सरकारले आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी करिब १० हजार जनशक्ति खटाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाले जनाएको छ ।

आजदेखि चैत ७ गतेसम्म चल्ने अभियानमा ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप दिने लक्ष्य राखेको छ । दादुरा–रुबेलाविरुद्धको खोप दिने दुई वर्ग छुट्याइएको छ । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारले यसअघि नै सो खोप दिइसकेको छ । आजदेखि सञ्चालन हुने अभियानमा तराईका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा बालबालिकालाई खोप दिइनेछ ।

नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रूबेलाविरुद्धको खोप लगाइने जनाएको छ ।