• गृहपृष्ठ
  • हनुमन्ते पारी हरियाली हनुमन्ते वारी फोहोरको भकारी

हनुमन्ते पारी हरियाली हनुमन्ते वारी फोहोरको भकारी

Feb 24th, 2024

आधारभूमि फागुन १२ ललितपुर ।

“स्वच्छ सफा हराभरा शहर महालक्ष्मी नगर” भन्ने मूल नारा बोकेको महालक्ष्मी नगरपालिकाको वडा नं.२, ३ र ५ को हनुमन्ते मनोहरा र कर्मनासा खोलामा फोहोरका डङ्गुर थुप्रिएको छ। नेपाली उखान अनुसार ” बुझने लाई भारी नवुझने लाई हनुमन्ते पारी” भन्ने उखानलाई चरितार्थ पार्दै हनुमन्ते पारी भने पार्किङ्ग सहित रुख विरुवा रोपेर हरियाली पारेको छ। वारी भने न रुख नै रोपेको छ न सरसफाई ।

यस्ता उदाहरणहरु यो पालिकामा मात्र कहाँ हो काठमाडौं महानगरपालिका थापाथलीमा पनि यस्तै समस्या छ। वारी सुकम्बासीहरुको घर टहराले शहर कुरुप भएको देखिन्छ भने पारी ललितपुर महानगरपालिका पट्टी पार्किङ सहितको हरियाली पारेको देखिएको छ ।

त्यस्तै, महालक्ष्मी नगरको संघीय बजेटबाट सडक कोरिडोर राम्रो भएता पनि रुख रोप्नु पर्छ र सरसफाई गर्नु पर्छ भन्ने कसैमा चेतना आएको छैन । मात्र फोहोर फाल्ने डम्पिङ्ग साइडको बनाएको पाइएको छ ।

महालक्ष्मी नगरपालिका वातावरण शाखा प्रमुख रविन्द्र उप्रेतीका अनुसार नगरपालिकामा रुख रोप्ने विषयमा छलफलमा राख्ने बताए । महालक्ष्मी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष कपिल के सी भन्छन् असार मसान्तसम्म रुख रोप्ने बताए । वडा नं ३ का वडा अध्यक्ष कुवेर के सी का अनुसार नगरपालिका संग बजेट माग गर्ने बताए । सरसफाई अभियान्ता गोपी कार्की बताउछन् वातावरण जोगाउन ग्वार्काे देखि लामाटार सम्म रोपेका रुख मरिसके हनुमन्ते कोरिडोरमा पनि रुख रोप्न पहल गरी सरसफाई गरी वातावरण जोगाउने बताए ।