• गृहपृष्ठ
  • जसपाद्वारा बृहत् सांस्कृतिक कार्यक्रम गर्दै

जसपाद्वारा बृहत् सांस्कृतिक कार्यक्रम गर्दै

Feb 21st, 2024

काठमाडौं, फागुन ९

जनता समाजवादी पार्टी (जसपा) नेपालले बृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । २८६० औँ डुक सोनाम ल्होछारको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

आगामी फागुन १२ गते शनिबार ललितपुरको महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा आयोजना हुने कार्यक्रममा पहिचानजनित प्रस्तुतीहरु हुने बताइएको छ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको छ ।

कार्यक्रममा एक दर्जन कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।