• गृहपृष्ठ
  • ‘महालक्ष्मी महोत्सव’मा स्थानीय उत्पादनको प्रबद्र्धन निराशाजनक

‘महालक्ष्मी महोत्सव’मा स्थानीय उत्पादनको प्रबद्र्धन निराशाजनक

Feb 20th, 2024

ललितपुर, फागुन ८

स्थानीय उत्पादनलाई प्रबर्धन गर्न भन्दै सुरु भएको महालक्ष्मी महोत्सवमा किरानाका सरसामान बिक्री वितरण गरिरहेको देखियो ।
सोमबार लाकुरी भञ्ज्याङमा राखिएका सबैजसो स्टलमा स्थानीय उत्पादन थिएनन् । यहाँका धेरै स्टलमा चटपटे,वियर, चाउचाउलगायतका सामान बिक्री भइरहेको थियो । आयोजक नगरपालिकाले स्थानीय उत्पादनको बिक्रि वितरण गराई समृद्धि ल्याउन असफल भएको स्थानीयहरु बताउछन् ।

लाकुरी भञ्ज्याङका स्टलहरुमा विभिन्न ब्राण्डका वियर र जंक फुडहरु विक्री भइरहेका थिए । मेलामा आइसक्रिम क्याण्डी बेच्नेदेखि माला र खेलौना बेच्न टाढा टाढाबाट व्यापार पुगेका थिए ।

फागुन ५ गतेखि ७ गतेसम्म आयोजना गरिएको मेलाको क्रममा लाकुरी भञ्ज्याङमा मात्रै होइन सिद्धिपुर र लुभुमा पनि पसलका सामान ओसारेर व्यापार गरिरहेको देखिएको थियो ।

 महालक्ष्मी नगरपालिकाले स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्न पर्यटकीय क्षेत्रको प्रचार र कला संस्कृतीको संरक्षण र सम्बद्र्धन गर्नका लागि भन्दै ५० लाख खर्चेर इमाडोलको बोजेपोखरी, सिद्धिपुर, लुभु र लाकुरी भञ्याङमा महोत्सवको विभिन्न कार्यक्रम आयोजना गरेको हो ।