• गृहपृष्ठ
  • सरकार असफल बनाउन लागिपरेका अर्थमन्त्री र गर्भनरलाई कहिले बर्खास्त गर्ने, प्रधानमन्त्रीज्यूँ ?

सरकार असफल बनाउन लागिपरेका अर्थमन्त्री र गर्भनरलाई कहिले बर्खास्त गर्ने, प्रधानमन्त्रीज्यूँ ?

Feb 20th, 2024

काठमाडौं, फागुन ९
०७८ असार २९ गते मुलुकको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भए । देउवा नेतृत्वको सरकारमा जर्नादन शर्मा अर्थमन्त्री बने । उनी अर्थमन्त्री हुनुबित्तिकै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बैंकको पूँजी घरजग्गा, गाडी र सेयरमा मात्र लगानी गर्न नदिन सुझाए । बैंक खोल्न अनावश्यक रुपमा स्वीकृति नदिन र बैंक पनि मर्जरमा लैजान शर्माले सुझाव दिएका थिए । अर्कोतर्फ, मुलुकमा आर्थिक मन्दी आउने सक्ने र बैंकमा पनि समस्या देखिने भन्दै उनले गर्भनरलाई सचेत समेत गराए । तत्कालिन अर्थमन्त्री शर्माले गर्भनर र सार्वजनिक कार्यक्रममै भनेका थिए कि जनताले पैसा लुकाइसके ।

यसले मुलुकमा ठूलो आर्थिक संकट निम्ति सकिने बताउँदै उनले सबैलाई सचेत गराएका थिए । शर्माले घरजग्गा, गाडी र सेयरलाई कर्जा नदिन बैंकहरुलाई निर्देशन दिन समेत गर्भनर अधिकारलाई भने । उता, गर्भनरले आफुले दिएको निर्देशन नअटेरी पछि तत्कालिन अर्थमन्त्री जर्नादन शर्माले यसबारे प्रधानमन्त्री देउवालाई बताए । गर्भनर महाप्रसाद अधिकारी नेकपा एमालेमा आबद्ध छन् । तत्कालिन अर्थमन्त्री शर्मा भने नेकपा माओवादी केन्द्रका नेता समेत हुन् । प्रधानमन्त्री देउवा त कांग्रेस सभापति नै भए । उनीहरुको राजनीतिमा टक्कर पप्यो । एमालेका अध्यक्ष केपी ओलीले त्यसबेला आफु सत्ताबाट बाहिरिएको रिस फेर्न खोजे । र, देउवा नेतृत्वको सरकारलाई असफल बनाउन लागिपरे । दिनभर अर्थमन्त्री, प्रधानमन्त्रीसँग मिटिङ्गमा भएको कुरा समेत गर्भनर अधिकारीले बेलुका अध्यक्ष ओलीलाई जानकारी गराउने सुनिन्थ्यो । त्यसबीच गर्भनर अधिकारी र अर्थमन्त्री शर्माबीच एउटै कार्यक्रममा भएपनि बोलचोल नहुन थाल्यो ।

उनीहरुले एक–अर्कामाथि आरोपप्रत्यारोप लगाउन गरे । गर्भनर अधिकारीले सरकारलाई सहयोग नगर्ने अडान लिएपछि अर्थमन्त्री शर्माले उनलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगे । मन्त्रिपरिषद्को बैठकले पनि गर्भनर अधिकारीलाई बर्खास्त गर्ने निर्णय गप्यो । उक्त निर्णयविरुद्ध गर्भनर अधिकारी सर्वोच्च अदालत गए । र, सर्वोच्चले उनको पद जोगाइदियो । निर्णय कार्यान्वयन नगर्न फैसला सुनाइयो । अर्थमन्त्री जर्नादन शर्मालाई पहिल्यै थाहा भइसकेको थियो कि सहकारी डुब्यो र बैंकमा पनि समस्या निम्तिन्छ । त्यसैले, उनले गर्भनरलाई पटकपटक सचेत गराएका थिए । तर, गर्भनर ओलीको चेला मात्र बने । सार्वजनिक पदमा बसेका उनले राष्ट्रको हितमा काम गर्नुको साटो आफ्नो पार्टीको हितमा बढी काम गरे ।

तत्कालिन अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै घुमाउँरो भाषामा समेत भनेका थिए कि यदि सरकारी कर्मचारी, जनप्रतिनिधिको तलबभत्ता कटौती गरी सरकारी खर्च कटौती नगरे र पाँच सय र हजारको नोटमा प्रतिबन्ध नलगाए मुलुकमा ठूलो आर्थिक संकट आउने छ । ०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन भयो । सोही वर्षको पुस ११ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भयो । प्रचण्ड नेतृत्वको सरकार बन्ना साथ एमालेका नेता विष्णु पौडेल अर्थमन्त्री बने । जर्नादन शर्मा अर्थमन्त्री हुँदा ओठे जवाफ फर्काउने गर्भनर अधिकारी पौडेल अर्थमन्त्री भएर आउनेबित्तिकै चुइक्क पनि बोलेनन् । र, पौडेलले जे भने, त्यँही माने ।

वर्तमान सरकारमा कांग्रेसका नेता डा.प्रकाशशरण महत अर्थमन्त्री छन् । उनी अर्थमन्त्री बनेको पनि ११ महिना पुगिसक्यो । अर्थमन्त्री कांग्रेसको हुँदा मुलुकको प्रधानमन्त्री माओवादीका अध्यक्ष प्रचण्ड छन् । अहिले त अर्थमन्त्री र गर्भनर मिलेर सरकार असफल बनाउन लागिपरेका छन् । महतले जग्गाको कित्ताकाट खोल्न दबाब दिए । र, प्रधानमन्त्रीले पनि कित्ताकाट फुकुवा गराए । त्यस्तै, सेयरमा १२ करोडको सीमा हटाउन लगाए । गाडीमा पनि ५० प्रतिशतबाट ८० प्रतिशत कर्जा दिन लगाउन बाध्य बनाए । तत्कालिन अर्थमन्त्री जर्नादन शर्मालाई थाहा थियो कि सबै बैंक तथा वित्तिय संस्थाको कर्जा लगानी घरजग्गा, गाडी र सेयरमा छ । यी क्षेत्रमा मन्दी आए बैंक तथा वित्तिय संस्था डुब्नेबारे शर्मा स्पष्ट थिए । तर, अहिलेका अर्थमन्त्रीलाई यो कुरा थाहा छैन । अर्थमन्त्री महत खाली घरजग्गा, गाडी र सेयर कारोबार बढ्यो मात्र भन्छन् । उनले अहिलेसम्म सहकारी डुबेको थाहा पाएका छैनन् । सहकारीले करोडौं बचतकर्ताको खर्बो रकम डुबाइदिएको समेत अर्थमन्त्री महतलाई थाहा छैन ।

त्यस्तै, लद्युवित्त डुबेर बचतकर्ताहरुको बिजोग भएको पनि उनलाई जानकारी छैन । दुई वर्षअघि झण्डै चार हजारमा किनेको सेयर अहिले एकाएक सय रुपैयाँमा झरेको अर्थमन्त्री महतलाई थाहा छैन । ६० लाख हालेर किनेको जग्गा लाखमा झरेको र ३० लाखमा किनेको गाडी पनि लाखमै झरेको उनलाई थाहा छैन ।
मालपोत, यातायात र भन्सारमा राजस्व उठ्न छोडेकोबारे पनि उनी अन्जान छन् । बजारमा कोठा, सटर र फ्रल्याट धमाधम खाली भएका छन् । यद्यपि, यसबारे पनि अर्थमन्त्रीलाई केही जानकारी छैन । मन्दी, बेरोजगारीका कारण दिनानु हजारौं युवाहरु खाडी गएको पनि अर्थमन्त्रीले देखेका छैनन् । अहिले सहकारी र लद्युवित्त डुबिसकेको छ । बजार पूरै मन्दीमा छ । अनि बैंक पनि डुबेर टाट पल्टिने अवस्थामा पुगेको छ । यसले अर्थको विषयमा अहिलेका अर्थमन्त्री डा.प्रकाशरण महतभन्दा पनि पूर्वअर्थमन्त्री जर्नादन शर्मासँग धेरै ज्ञान रहेको प्रष्ट हुन्छ । मन्त्रिपरिषद्ले काम गर्न नसक्ने र पार्टीको हितका लागि मात्र निर्णय गर्ने भन्दै बर्खास्त गरेको गर्भनर अधिकारीलाई सर्वोच्च अदालतले पुनः पदमा ल्याइदिँदा आज मुलुकै संकटमा परेको छ ।

करोडौं बचतकर्ताहरुको ३८ खर्ब रकम सहकारीले खाइदिएको छ । बचतकर्ताहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । कतिपय बचतकर्ताले त आफ्नो मानसिक सन्तुलन गुमाइसकेका छन् त कतिपय बचतकर्ता आत्महत्याको बाटो रोजिरहेका छन् । सहकारी डुब्दा यत्रो बचतकर्ताको बिजोग भयो । अब बैंक डुब्दा के होला ? अहिले जनताले भन्न थालिसके कि गर्भनर महाप्रसाद अधिकारीलाई समात्नुपर्छ । प्रधानमन्त्री प्रचण्डले अधिकारीलाई नै गर्भनर बनाइराख्ने हो भने उनले मुलुकको अर्थतन्त्रमा सुधार होइन दुर्घटनातिर लैजान्छन् । एमालेका अध्यक्ष केपी ओली अहिले मुलुक नाजुक अवस्थामा पुगिसकेको बताउँछन् ।

उनले सरकारमा बसेकाहरुले मुलुक टाट पल्टाएको दाबी गर्छन् । तर, मुलुक यो हालतमा पुप्याउनुमा गर्भनरको ठूलो हात छ । फेरि गर्भनर एमालेको कार्यकर्ता पनि त हुन् । अहिले मात्र बजारमा मन्दी आएको होइन । दुई वर्ष अघिदेखि बजारमा मन्दी आउन थालेको हो । यता, विदेशीसँग २७ खर्ब ऋण देउवा र ओली प्रधानमन्त्री हुँदा पनि तत्कालिन सरकारले लिएको हो । अहिले ओली आफु बच्न प्रचण्डमाथि सबै दोष थुप्रारिरहेका छन् । तर, प्रचण्डले मात्र यत्रो विदेशी ऋण लिएका हुन् र ? अहिले बजारमा एमाले, रास्वपा र राप्रपाका कार्यकर्ताहरु प्रचण्डकै पालोमा सहकारी डुब्यो, लद्युवित्त डुब्यो र बैंक पनि डुब्ने भयो भन्दै सरकारको विरोधमा जनतालाई उचाल्न थालिसकेका छन् । देशको प्रधानमन्त्री प्रचण्ड हुन् । उनले काम गर्न नसक्ने मन्त्री र गर्भनरलाई हटाउन सक्नुपर्छ । तर, काम गर्न नसक्ने अर्थमन्त्री र गर्भनरलाई प्रधानमन्त्री प्रचण्ड बर्खास्त गर्न सक्दैंनन् । सर्वसाधारणमा त्रास बढ्दै गएको छ । उनीहरु भन्छन्, ‘आजको दिन त बित्यो, भोलि के हुन्छ ? ।’ देश रहन्छ कि रहँदैन भनेर जनतामा अन्यौलता बढ्दै गएको छ ।

तर, केपी ओली र रवि लामिछाने भने मिसन ०८४ भन्दै भाषण गर्छन् । यसरी जनतालाई बुझ्रन नसक्ने व्यक्ति पनि नेता हुन्छ र । ०८४ सम्म देश रहन्छ कि रहँदैनन् ठेगान छैन । यद्यपि, नेताहरु भने अहिले पनि आफ्नो स्वार्थ पूरा गर्न लागि परेका छन् ।
रुषा थापा
भक्तपुर