• गृहपृष्ठ
  • कार्यकक्षमै सीटीइभीटीका उपाध्यक्षलाई कालोमोसो

कार्यकक्षमै सीटीइभीटीका उपाध्यक्षलाई कालोमोसो

Feb 18th, 2024

काठमाडौं, फागुन ६

कार्यकक्षमै सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोहन वैद्य निकट अनेरास्ववियूका नेताहरूले कालोमोसो दलेका छन् । अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी हुने गतिविधि गरेको अनेरास्ववियू (क्रान्तिकारी)को आरोप छ ।

सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा—बढुवा लगायतमा व्यापक अनियमितता, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको उसको आरोप छ ।

कर्मचारीको वृद्धि विकासमा विभेद गर्ने, अन्य आन्तरिक क्रियाकलापमा जता पनि जेमा पनि राजनीतिको रङ्ग घुसाउने र भाग माग्ने गरेको पनि अनेरास्ववियू (क्रान्तिकारी)ले आरोप लगाएको छ ।