• गृहपृष्ठ
  • लालीगुराँसमा जनताको ६ अर्ब बचत : नेताका आफन्त र निजी व्यवसायमा लगानी गरि दुरूपयोग

लालीगुराँसमा जनताको ६ अर्ब बचत : नेताका आफन्त र निजी व्यवसायमा लगानी गरि दुरूपयोग

Feb 18th, 2024

ललितपुर, फागुन ६

ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था सञ्चालकहरूले जनताको ६ अर्ब रूपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरूपयोग गरेको खुलेको छ ।

सहकारी विभागले गरेको स्वतन्त्र अनुगमनमा जनताको बचत दुरूपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि सहकारीलाई समस्याग्रस्त घोषणा तयारी गरिएको छ ।

विभागले लालीगुराँस सहकारी संस्थालाई किन समस्याग्रस्त घोषणा नगर्ने भनेर १५ माघमा स्पष्टीकरण सोधेको छ ।