महालक्ष्मी महाेत्वस भाेलि देखि

Feb 16th, 2024

ललितपुर, फागुन ४

महालक्ष्मी नगरपालिकामा महालक्ष्मी महाेत्वस भाेलि देखि हुँदै छ ।
फागुन ५, ६ र ७ गते महोत्सव हुने भएको छ । “महालक्ष्मी नगरको समृद्धिको आधार शिक्षा उद्योग पर्यटन र व्यापार” भन्ने मुल नाराका साथमा महालक्ष्मी महोत्सव मनाउन लागेको हो ।

महालक्ष्मी नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सव सभ्य र भव्य रुपमा हुने महालक्ष्मी नगरपालिकाले जनाएको छ ।

भाेलि वडा नं ८ लुभुस्थित महालक्ष्मी मन्दिर परिसरमा नेपाल सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक नगरपालिकाले जानकारी दिएको छ । 

कार्यक्रमका मुख्य आकर्षणहरूः
स्थानीय मौलिक कला संस्कृतिको प्रदर्शनी, मौलिक खाना स्टलहरू, स्थानीय उत्पादनहरू लाईभ डेमोस्ट्रेसन ख्यातिप्राप्त कलाकारहरुद्वारा लाईभ साँगीतिक कार्यक्रमहरु तथा नृत्यहरू, व्यापारिक स्टलहरू, बोटिङ आदि हुने आयाेजकले जनाएको छ ।