नेप्से दोहोरो अंकले घट्यो

Feb 15th, 2024

काठमाडौं, फागुन ३

नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार १४.४६ अंकले घटेको सेयर बजार २०६२.०३ विन्दुमा पुगेर बन्द भएको छ ।

३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार ७९ कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ ।