• गृहपृष्ठ
  • क्षमता नभएको व्यक्तिलाई नेता बनाउँदा मुलुक र जनताको अवस्था दयनीय !

क्षमता नभएको व्यक्तिलाई नेता बनाउँदा मुलुक र जनताको अवस्था दयनीय !

Feb 14th, 2024

काठमाडौं, फागुन २
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आम सर्वसाधारण सोध्छन्,‘भारत र चीनले कति नेपाली भूभाग कब्जा गरेका छन् । त्यसको विवरण जनतालाई दिन सक्नुहुन्छ ?’ ०७८ सालको राष्ट्रिय जनगणनाअनुसार मुलुकको जनसंख्या दुई करोड ९१ लख ६४ हजार ५७८ रहेको छ । यसमध्ये धेरै नेपालीहरु आफ्नो देशको नागरिक त्यागेर अन्य देशको नागरिक भइसकेका छन् । के यसको तंथ्याक प्रधानमन्त्री सार्वजनिक गर्न सक्छन् ? मुलुकमा रोजगारी नभएर खाडी पुगेका नेपाली कामदारहरु गल्तीबिना त्यँहास्थित जेलमा छन् । कतिपयलाई त फासीको समेत सजाय सुनाइएको छ । र, उनीहरु सोही दिन कुरेर बसिरहेका छन् । प्रधानमन्त्री न आफ्नो देशको माया छ न त आफ्ना देशका जनताको । प्रधानमन्त्री भएपछि राष्ट्र र जनताको विषयमा सम्पूर्ण जानकारी हुनुपर्छ ।

आफ्नो देशभित्र के भइरहेको छ ? किन भइरहेको छ ? त्यसले के प्रभाव पारिरहेको छ ? भनेर प्रधानमन्त्रीलाई केही थाहा छैन । यता, सर्वसाधारणलाई अझै भ्रममा पार्न ठुल्ठुलो भ्रष्टाचारको फाइल खोल्ने, आर्थिक सुधारको लागि तत्काल एक्सनमा जाने प्रधानमन्त्री दाबी गर्छन् । सरकारी कर्मचारीहरु आम सर्वसाधारणको काम छिटोछरितो गर्दैनन् । हरेक क्षेत्रमा सिण्डिकेट, कालोबजारी र बेथिति छ । यातायात क्षेत्रमा एकाधिकार कायमै छ । बजार अनुगमन गर्न कोही निस्कदैंन । प्रधानमन्त्रीको निर्देशन मन्त्री र कर्मचारी मान्दैनन् ।

सहकारीका कारण करोडौं बचतकर्ता चुलुम्मै भए । उनीहरुको रुवाबाँसी छ । कतिपयले त सहन नसकेर आत्महत्या समेत गरेका छन् भने कतिपय डिप्रेसनमा गएका छन् । सहकारीजस्तै बैंक पनि त्यँही अवस्थामा पुग्ने देखिएको छ ।
केही दिनयता बैंकमा पैसा निकाल्नेको संख्या हवात्तै बढेको छ । बैंकले घरजग्गा, गाडी र सेयरमा सम्पूर्ण कर्जा लगानी गरेको छ भनेर सर्वसाधारणले थाहा पाइसकेका छन् । दलालहरुले सीधासाधी जनतालाई फसाउनु फसाए । एक सयको सेयर ३५ सयमा बेचे ।

पाँच हजार आना नपर्ने खेतीयोग्य जमिन प्लानिङ गरेर आनाकै ६०–७० लाखमा बेचे । गाडीमा पनि त्यँही भएको छ । यसले सीधासाधी जनता दलालहरुका कारण नराम्ररी डुबेका छन् । उनीहरु मर्नु कि बाँच्नु अवस्थामा छन् । मानिसहरुले पाँच सय र हजारको नोट लुकाइसकेका छन् । माडेहरुले यहाँको पैसा सबै आफ्नो देशमा लगिसकेका छन् । प्रत्येक दिन कोठा, सटर र फ्रल्याट खाली भइरहेका छन् । व्यापारीहरु भन्छन्, ‘सटर खोल्नु मात्र हो । कहिले काँही त बहनी समेत हुन्न ।’ निजी कम्पनी, संघसंस्था, होटल, रेस्टुरेन्ट, पसल तथा घरायसी काम गर्नेहरु धमाधम कामबाट निकालिएका छन् ।

अधिंकाश त महिनौंदेखि तलबबिनै कामबाट निकालिएका छन् । ७०÷८० वर्षका बुढाहरु भन्छन्, ‘बजार यस्तो मन्दीमा गएको हामीलाई अहिलेसम्म थाहा थिएन ।’ अहिले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र सेयर किन्नेलाई मर्नु कि बाँच्नु भएको छ । ऋण तिर्न पैसा छैन त धितो बिक्री हुन्न । ९९ प्रतिशत मानिसहरुको घरजग्गा, गाडी र सेयर बैंकको नाममा छ । जसले गर्दा व्यक्ति र बैंक नै डुब्ने देखिएको छ । ०६३ सालअघि सहकारी च्याउ उम्रिएझै थिएनन् । न त घरजग्गा, गाडी र सेयरको मूल्य नै उच्च थियो । ०६३ सालमा जब माओवादी र सरकारबीच वार्ता भयो । अनि माओवादीका नेता तथा कार्यकर्ताले आफु भूमिगत हुँदा बैंक लुटेको पैसा घरजग्गा, गाडी र सेयरमा लगानी गरे । र, सबै माओवादी कार्यकर्ताले पनि सहकारी खोले । त्यसबेला आनाको ५० हजार नपर्ने जग्गा ०७८ सालमा आइपुग्दा ८० लाख पुप्याइदिए ।

अहिले सबै पैसा घरजग्गा, गाडी र सेयरमा फ्रिज भएको छ । नेकपा माओवादी केन्द्र अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डले हिजो ‘जनयुद्ध’ सुरु गरेको यँही देश बेच्नको लागि हो ? ०५२ सालअघि नेपालले विदेशीसँग ऋण लिएको थिएन । नेपालीलाई भेडाबाख्राझैअन्य मुलुकमा बेचिएको थिएन । तर, अहिले त विदेशी ऋण नै २७ खर्ब पुगेको छ । एयरपोर्टबाट दिनहुँ हजारौंको संख्या नेपालीहरु विदेशिएका छन् । भूमिगतबाट सार्वजनिक भएपछि प्रचण्डले मुलुकमा आमी आवश्यक छैन र हटाउनुपर्ने बताएका थिए । यद्यपि, अहिले उनी नै प्रधानमन्त्री हुँदा आमी हटाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले देश चलाउन सक्दैनन् र उनीसँग क्षमता पनि छैन भनेर अहिले सर्वसाधारणले बुझिसकेका छन् । त्यस्तै, शेरबहादुर देउवा, केपी ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनालले पनि सक्दैंनन् । ०६९ सालमा भट्टराई प्रधानमन्त्री थिए । पछि राजनीतिक दलहरुबाट सरकारबाट बाहिरिए । र, खिलराज रेग्मीलाई सरकारमा ल्याई चुनाव गराई । त्यतिखेर नै राजनीतिक दलहरु असफल भएको जनताले थाहा पाइसकेका थिए । किनकि आफुले देश चलाउन नसकेर एउटा कर्मचारीलाई जिम्मा दिनु कति लज्जास्पद विषय हो ? खिलराज रेग्मीले पनि निर्वाचन गराउन नसकेको भए लोकतन्त्र गणतन्त्र रहदैंन्थ्यो । राजतन्त्र नै फर्किन्थ्यो । तर, रेग्मीले हार मानेनन् । र, निर्वाचन गराएरै छोडे । देउवा, ओली, नेपाल असफल भइसकेको अहिले छलंग छ । अहिले दुर्गा प्रसाई राजा ल्याउन लागिपरेका छन् ।

उनको पृष्ठभूमि केलाउने हो भने प्रसाई मेडिकल माफिया हुन् । र, बैंकबाट अर्बो ऋण लिएर नतिर्ने फट्याहा पनि हुन् । प्रसाईको अगाडि राजनीतिक दलहरु निरीह बनेका छन् । ०७० सालको निर्वाचनमा कमल थापाले राजाबाट करोडौं पैसा ल्याएर खाए । अहिले प्रसाई पनि राजाले आफ्नो ऋण तिरिदिने आशमा राजाको गुनगान गाइरहेका छन् । फेरि राजनीतिक दलहरु असफल भएको फाइदा उठाउँदै प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रयोग गरिरहेका छन् । प्रसाईले बैंकको ऋण त तिरेनन् नै सँगै व्यापारीहरुको समेत रकम चुक्ता गरेका छैनन् । बैंकमा बचत गर्नेहरुको निन्द्रा र भोक नै हराइसकेको छ । बैंकबाट प्रसाईले मात्र होइन, भाटभटेनीका साहु मिनबहादुर गुरुङलगायत ठुल्ठुला व्यापारीहरुले अर्बोदेखि खर्बो ऋण लिएका छन् । तर, तिरेका छैनन् । सरकारले देखिसकेको छ कि सहकारीका कारण बचतकर्ताहरुको के–कस्तो हालत भयो ।

अब बैंकका कारण पनि जनता त्यँही अवस्थामा पुग्नेछन् । अहिले बजारमा सुनिन्छ कि दुर्गा प्रसाई आफ्नो अघिपछि डेढ सय युवा लिएर हिँड्छन् । मुलुकमा सरकार छ । प्रहरी प्रशासन छ । तर, प्रसाईलाई किन कसले पनि समात्न सक्दैंन ? बेरोजगार, गरिब युवाहरुलाई प्रयोग गरी प्रसाई बैंक डुबाउन खोज्दै छन् । त्यसकारण अब सरकारले बैंकबाट ठूलो कर्जा लिएर नतिर्ने व्यक्ति तथा व्यापारीलाई धमाधम पक्राउ गर्नुपर्छ । यीनीहरुले कर्जा नतिर्नेबित्तिकै बैंकमा बचत गर्नेहरु सुकुम्बासी हुनेछन् । अब कि त सरकारले बैंकमा पैसा नराख्नू भनेर सर्वसाधारणलाई सचेत गराउनुपर्छ होइन भने बैंकमा बचत गरेको जनताको रकमको सुरक्षा गरिदिनुपर्छ ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गरिबको घरमा जान्थे । र, त्यहाँ जे पाक्थ्यो, त्यँही खाएर सुत्थे । तर, ओली र प्रचण्डले प्रसाईको घरमा गएर मार्सी चामलको भात खाए । दलाली, माफियाको घरमा गएर मार्सी भात खाएको फल अहिले ओली र प्रचण्डले भोगिरहेकाछन् । खानाको लोभमा आज ओली र प्रचण्डले आफ्नो राजनीति र अस्तित्व गुमाएका छन् । क्षमता नभएको वा सोच्न नसक्ने व्यक्तिलाई जनताले नेता बनाउँदा आज मुलुक यो अवस्थामा पुगेको छ । जनता पनि पाउनु दुःख पाएका छन् ।
रुषा थापा
भक्तपुर