वाणिज्य बैंकहरुले घटाए ब्याजदर

Feb 12th, 2024

काठमाडौं, माघ २९

वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरुको औषत ब्याजदर ०.४० प्रतिशतविन्दु घटेको छ।

माघ महिनामा ८.१६ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर, फागुनमा घटेर ७.७५ प्रतिशतविन्दुमा सीमित भएको छ। त्यसैगरी, संस्थागत मुद्दति निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०.३७५३ प्रतिशतविन्दु घटेको छ।