• गृहपृष्ठ
  • इमाडोलमा चार तलाबाट हामफाल्दा महिलाको ज्यान गयो, दुई बच्चाको पनि मृत्यु

इमाडोलमा चार तलाबाट हामफाल्दा महिलाको ज्यान गयो, दुई बच्चाको पनि मृत्यु

Feb 11th, 2024

ललितपुर, माघ २८

ललितपुरको इमाडोलस्थित एक घरबाट हामफालेकी महिलाको ज्यान गएको छ । शनिबार अपराह्न महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित ओचुहाइटस्थित घरको चौथो तलाबाट ३६ वर्षीया रबिना महर्जनले हाम फालेकी थिइन् ।

स्थानीयले उद्धार गरी उनलाई किस्ट अस्पताल पु¥याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

अचेत भेटिएका छ वर्षीय बालक र दुई वर्षीया बालिकाको  शनिबार साँझ मृत्यु भएको हो  ।

आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिए ।