महालक्ष्मी नगरपालिकामा महोत्सव हुदैँ

Feb 6th, 2024

ललितपुर, माघ २३

महालक्ष्मी नगरपालिकामा यहि आउँदो फागुन ५, ६ र ७ गते महोत्सव हुने भएको छ । महालक्ष्मी नगरको समृद्धिको आधार शिक्षा उद्योग पर्यटन र व्यापार भन्ने मुल नाराका साथमा महालक्ष्मी महोत्सव मनाउन लागेको हो । महालक्ष्मी नगरपालिकाको आयोजनामा हुनलागेको महोत्सव सभ्य र भव्य रुपमा हुने जनाएको छ ।

उक्त महोत्सवमा यस महालक्ष्मी नगरपालिका वडा ५मा रहेका व्यापारी, उद्योग व्यावसायी, शिक्षा प्रेमी साथीहरु, सरकारी तथा निजि विद्यालयका व्यवस्थापक, सिप विकासमा सहयोग हुने विज्ञप्तीमा उल्लेख गरीएको छ ।

महोत्सवमा आ-आफ्‌नो स्टल समेत राख्न सकिने जानकारी दिदैँ यसका लागि वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।