• गृहपृष्ठ
  • कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष रकम हिनामिना गरी फरार

कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष रकम हिनामिना गरी फरार

Feb 2nd, 2024

ललितपुर, माघ १९

बचतकर्ताहरूको १ अर्ब ७० करोडभन्दा बढी बचत हिनामिना गरेर एक सहकारी सञ्चालक फरार भएका छन् ।

ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा बचत रकम हिनामिना गरेर फरार भएका हुन् ।

करिब ५०० जना बचतकर्ताले दुई वर्षदेखि बचत गरेको उक्त रकमको सावा तथा ब्याज समेत नदिई अपचलन गरी फरार भएका हुन् । उनीसँगै उनकी श्रीमती समेत रहेकी सहकारीकी व्यवस्थापक सन्जना राजकर्णिकार समेत फरार भएकी छन् ।

उनीहरूका विरुद्धमा बचतकर्ताहरूले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । त्यसपछि दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।