• गृहपृष्ठ
  • नक्कली नोट र लागुऔषधसहित दुईजना पक्राउ

नक्कली नोट र लागुऔषधसहित दुईजना पक्राउ

Feb 2nd, 2024

काठमाडौं, माघ १९

सर्लाही – हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागुऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका-२ बस्ने ३६ वर्षीय संजय सहनी र सर्लाही बलरा नगरपालिका-७ बस्ने २३ वर्षीय अम्रेन्द्र महरा रहेका छन् ।  इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले प्र.०२-०२७ प ४२५६ नम्बर र बिआर ३० एसी ८३१८ नम्बरका दुईवटा मोटरसाइकललाई जाँच गर्न खोज्दा दुवै चालकहरू भाग्न खोजेपश्चात दुवैलाई नियन्त्रणमा लिइ तलासी गर्दा प्र.०२०२७ प ४२५६ नम्बरको मोटरसाइकल चालक संजयको साथबाट उक्त परिमाणको नक्कली नोट र बिआर ३० एसी८३१८ नम्बरको मोटरसाइकल चालक अम्रेन्द्रको साथबाट लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । 

संजयको साथमा रहेका २५ बन्डलमध्ये २१ बन्डलमा तल र माथि १ हजार दर साइजको नक्कली नोट र बीचमा नोटको साइजमा काटेको सादा कागज र ४ बन्डलमा टेस्टी बिस्कुटको २० पुरियामा तल माथि नक्कली जस्तो देखिने १ हजार दरका नोट प्लाष्टिक र टेपले बेरेको अवस्थामा रहेको फेला परेको हो ।