• गृहपृष्ठ
  • माघ २५ देखि ‘एसपावर क्यान इन्फोटेक २०२४’ हुने

माघ २५ देखि ‘एसपावर क्यान इन्फोटेक २०२४’ हुने

Feb 1st, 2024

काठमाडौं, माघ १८

कम्प्युटर एसोसिएसन नेपालले महासंघ (क्यान महासंघ) को आयोजनामा यहि माघ २५ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ –नयाँ प्रविधि लगानी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्जिया गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । 

क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्मन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२४ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । २९ औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा एस पावर बीपीई प्राइभेट लिमिटेड रहेको छ । प्रायोजनका आधारमा यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम एसपावर क्यान इन्फोटेक २०२४ रहेको छ ।

त्यस्तै क्यान इन्फोटेक २०२४ को सहयोगी प्रायोजकमा यचयमसी दहुआ, प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फोडेमलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम प्रालि रहेका छन् । त्यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रालि, हिमकम एनटेक र पिएनवइ रहेका छन् । 

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया नेटवर्क प्रालि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि, इन्स्योरेन्स पार्टनरमा आईजीआई मुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन् । 

यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिनेछ । यस अन्तर्गत सर्वसाधारणका लागि एक सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।