ललितपुर महानगरमा नगर प्रहरी एप्स शुरु

Feb 1st, 2024

ललितपुर, माघ १८

ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ ।
सोमबार महानगरपालिकामा आयोजित एक कार्यक्रमबिच नगरप्रमुख प्रमुख चिरीबाबु महर्जनले आज एप्सको शुभारम्भ गर्दै महानगरका सकारात्मक र नकारात्मक काम एप्समा हालेर समस्या समाधान गर्न अनुरोध गरेका छन् ।
चिरीबाबु महर्जनले नगरबासीलाई सूचना र प्रविधिमा सहज पहुँच पुगोस् भनेर एप्सको सार्वजनिक गरेका हुन्।
कार्यक्रममा क्यापिटल आई प्रालिका कार्यकारी निर्देशक श्रीश कर्माचार्यले एप्सको ‘प्ले स्टोर’ अन गरी ‘एलएमसी सिटी पुलिस एप्स’ खुलेपछि त्यसमा उजूरीको शीर्षक र सूचनाको जानकारी लेखिने ठाउँमा आफ्ना समस्या लेखी तस्वीर हालिदिएर उजूरी गर्न सकिने व्यवस्था गरिएको बताए । उनले भने – `एप्समा आएको सूचना भने गोप्य रहन्छ ।´
एप्सको प्रयोगले समाजमा देखिने नराम्रा कामलाई दुरुत्साहन गर्न सहयोग पुग्ने जानकारी दिए ।