• गृहपृष्ठ
  • प्रहरी महानिरीक्षक कुँवरद्वारा दर्ज्यानी चिन्ह सुशोभन तथा म्युजिक भिडियो र पुस्तक विमोचन

प्रहरी महानिरीक्षक कुँवरद्वारा दर्ज्यानी चिन्ह सुशोभन तथा म्युजिक भिडियो र पुस्तक विमोचन

Jan 31st, 2024

काठमाडौं, १७ माघ
नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ १६ गतेको निर्णयले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुनुभएका रमेश कुमार बस्नेत दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको हो । 

सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले “प्रहरी साथमा छ” बोलको अपराध न्यूनीकरण सम्बन्धी जनचेतनामूलक म्युजिक भिडियोको विमोचन गर्नुभयो । उक्त म्युजिक भिडियोको परिकल्पना प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले गर्नुभएको हो भने रचनाकार दिल शिरिष र प्रकाश सपूत रहनुभएको छ । प्रकाश सपूत र सुदिप सागरको संगीत तथा प्रकाश सपूत र सुनिता दुलालको गायन रहेको उक्त म्युजिक भिडियोको निर्देशन
आरन प्रोडक्सनबाट सुनिल बिकले गर्नुभएको छ ।


साथै सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित “नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह-भाग १” पुस्तकको विमोचन समेत गर्नुभयो । उक्त पुस्तकमा रहेका घटनाहरूको संकलन तथा लेखन प्रहरी नायव उपरीक्षकहरू रबिन्द्र नाथ पौडेल, बेद प्रकाश जोशी, पंच कुमार बाखु र प्रहरी निरीक्षक राजु अधिकारीले गर्नुभएको छ । साथै प्रहरी महानिरीक्षक कुँवरले पुस्तक लेखनमा संलग्न प्रहरी अधिकृतहरूलाई सोही अवसरमा सम्मान समेत गर्नुभयो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवं प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।