२१.६७ अंकले घट्यो नेप्से

Jan 31st, 2024

काठमाडौं, माघ १७

आज नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ बिन्दुमा झरेको छ । बुधबार १ करोड ४७ लाख ७७ हजार १२० कित्ता शेयर ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँमा किनबेच भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ३.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंक घटेको छ।

आज समलिङ पावर कम्पनी, मन्दकीनी हाइड्रोपावर र पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सार्वधिक नाफा कमाएका छन् भने मेँछियम हाइड्रोपावर लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर स्याङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यस दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९.६७ प्रतिशत बढेको छ भने पिपुल्स पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मेन्छियाम हाइड्रोपावर, स्वाभिमान लघुवित्त, अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६३ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम २४ करोड नाघेको छ। १३ उपसमूहमध्ये यस दिन उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ।