• गृहपृष्ठ
  • भाटभटेनी सुपर मार्केटले कर छली गरेको सर्वोच्चको ठहर

भाटभटेनी सुपर मार्केटले कर छली गरेको सर्वोच्चको ठहर

Jan 30th, 2024

 काठमाडौं, माघ १६

सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर छली गरेको ठहर गरेको छ । नक्कली भ्याट बिल बनाएर कर छलेको आरोपसहित कर कार्यालयबाट भएको कर निर्धारण र जरिवानालाई सर्वोच्चको पूर्ण इजलासले सदर गरेको हो ।

न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसलालाई सदर गर्दै तोकिएको थप कर तथा जरिवाना तिर्नुपर्ने ठहर गरेको हो । 

सर्वोच्चको यो फैसलापछि अब भाटभटेनीले सरकारलाई करिब १३ करोड रुपैयाँ नक्कली भ्याट बिलमार्फत राजश्व ठगी गरेको पाइएको थियो। भाटभटेनीले एक वर्षमै ३ करोड ८५ लाख बराबरको नक्कली भ्याट बिल जारी गरेर राजश्व ठगी गरेको पाइएको थियो।

उक्त मुद्दा केही दिनदेखि सर्वोच्चको पूर्ण इजलासमा बहस भएको थियो।