ललितपुरमा जर्मन नागरिक मृत फेला

Jan 29th, 2024

ललितपुर, माघ १५

ललितपुरको ललितपुर महानगरपालिका-१६, नागबहालमा एकजना जर्मन नागरिक महिला मृत अवस्थामा फेला परेकी छन् ।

सोमबार नागबहालमा जर्मन महिला मृत फेला परेकी हुन् । एक वर्षदेखि ग्रीन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी उनी लडिरहेको अवस्थामा फेला परेकी हुन् ।

उनको मृत्युको कारण र घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।