• गृहपृष्ठ
  • सेन्टपल स्कुलमा साइबर अपराधबारे विद्यार्थी र अभिभावकलाई सचेतना कार्यक्रम

सेन्टपल स्कुलमा साइबर अपराधबारे विद्यार्थी र अभिभावकलाई सचेतना कार्यक्रम

Jan 28th, 2024

ललितपुर, माघ १४
ललितपुरको सेन्टपल स्कुलमा साइबर अपराधबारे विद्यार्थी र अभिभावकलाई सचेतना कार्यक्रम गरेको छ । बढ्दो साइबर अपराधबाट बालबालिकादेखि सचेतना आवश्यक भएको भन्दै कार्यक्रम राखेको हो ।

उक्त कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलकी प्रहरी नायब निरीक्षक फूल कुमारी पौडेलले साइबर अपराधका घटनाक्रमको विश्लेषण गर्दै न्यूनीकरणका लागि अपनाउनुपर्ने सचेतना बारे प्रस्तुतिकरणका गरेका थिए । बालबालिकाले नजाने, नछुने, नखाने, नगर्ने जस्ता ४ कुराहरू अपनाएमा सुरक्षित हुने बताइन् ।

यस्तै, स्कुलका प्रधानाध्यापक राधेकृष्ण महर्जनले विश्वमा नै मोबाइल चलाउने लत भएको यसले सामाजिक सम्बन्ध राम्रो नभएको, मात्र वाईफाईको पासवर्ड मात्र भए पुग्ने भएकोले मानसिक विकास नभएको र मोबाइल भएपछि कोही नचाहिने बताए।

सो कार्यक्रमले साइबर अपराध सम्बन्धी कानुनी सजायहरू पनि प्रस्तुत गरेका छन् । कार्यक्रममा करिब १५० भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यार्थी र अभिभावकहरूलाई साइबर खतराहरूको बुझाइ बढाउन र जोखिमहरू कम गर्न व्यावहारिक रणनीतिहरू प्रदान गर्न डिजाइन गरिएका विषयहरू, ह्याकिङ, अनलाइन घोटालाहरू, व्यक्तिगत जानकारीको सुरक्षा, गोपनीयता उल्लङ्घन र पहिचान चोरीबाट जोगाउन सुरक्षित अनलाइन अभ्यासहरू लागायतका विषयमा जानकारी दिएका थिए ।