• गृहपृष्ठ
  • इमेज सहकारीकी कोषाध्यक्ष सुनार पक्राउ

इमेज सहकारीकी कोषाध्यक्ष सुनार पक्राउ

Jan 26th, 2024

काठमाडौं, माघ १२

बागलुङको ईमेज बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समितिका काेषाध्यक्ष पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बागलुङ घर भएकी २७ वर्षीय लक्ष्मी सेन सुनार रहेकी प्रहरीले जनाएको छ ।

सरिता तिमल्सेना (कँडेल) समेतकाे संयुक्त्त जाहेरीले वादी नेपाल सरकार प्रतिवादीहरू इमेज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङका संचालक समितिका अध्यक्ष ५१ वर्षीय देवकुमार नेपाली समेत ८ जना भएको सहकारी ऐन २०७४, अन्तर्गत कसुर प्रतिवादीलाई पक्राउ गर्न बागलुङ अदालतबाट जेठ २४ गते पक्राउ अनुमति बमोजिम देब कुमार समेत ८ जना प्रतिवादीलाई खोजतलास गर्ने क्रममा लक्ष्मीलाई ललितपुरको धाेविघाटबाट बिहीबार पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी बागलुङमा पठाएकाे प्रहरीले जनाएकाे छ ।