• गृहपृष्ठ
  • सहकारी ठगी प्रकरणः सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ

सहकारी ठगी प्रकरणः सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ

Jan 26th, 2024

काठमाडौं, माघ १२

बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुङ्गाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गएको मंसिर १५ गते जाहेरी दर्ता भएलगत्तै उनीहरू फरार थिए। अध्यक्ष सुनुवारलाई काठमाडौँ ६ बौद्ध र खत्रीलाई मोलुङ-४ हर्कपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुनुवार नेकपा माओवादी केन्द्र ओखलढुंगाका सचिव समेत हुन्। सहकारी अन्य सञ्चालक समितिका पदाधिकारी पनि फरार छन् ।

उनीहरूलाई थुनामा राखी अनुसन्धान गर्न ६ दिनको म्याद लिएको प्रहरीले जनाएको छ ।