• गृहपृष्ठ
  • गिति कविताः मेरो देशको माया कहिल्यै……….

गिति कविताः मेरो देशको माया कहिल्यै……….

Jan 25th, 2024

मेरो देशको माया कहिल्यै ओझेल हुँदैन
सधैंभरि मेरो हृदयमा रहन्छ कहिल्यै कम हुँद
हाम्रो आफ्नै भाषा र विशेषता छ
म एक नेपाली हुँ मलाई नेपाल मन पर्छ
शत्रुहरूबाट म देशको रक्षा गर्नेछु
प्रत्येक शब्दमा मैले नेपाल आमाको प्रशंसा गर्नेछु
म गर्व गर्छु म यो देशको नागरीक हु
सबै देशबासिहरूमा देशभक्तिको भावना विकास गर्ने छु
म दृढ हृदय र आत्माले देशको सेवा गर्नेछु
विर सहिदहरूको योगदानलाई सम्मान गर्नेछु
युवालाई रोजगारी दिने गरी नयाँ योजना बनाउने छु
शान्ति ,विकास,सुशासन र समृद्धिको लागि काम गर्नेछु

देशको प्रेमले सबैलाई एकसूत्रमा बाँध्न सक्छ
सबैले देशको लागि काम गर्नुपर्छ
देशलाई माया गर्छौ भने देशको लागि लड्नु छ
अरू केही चाहिदैन मलाई मेरै चोखो राष्ट्र नेपाल भए पुग्छ
मेरो प्यारो मातृभूमि सबै धनको उपहार हो
मेरो देश शान्तिको लागि हो, मेरो देश खुशीको लागि हो
मेरो देश एकताको लागि हो, मेरो देशको प्रेमको लागि हो
मेरो देश भृकुटी,सीता, अनि बुद्ध जन्मिएको पवित्र भूमि हो
राष्ट्रियतालाई बलियो बनाएर मुलुकलाई समृद्ध बनाउन सकिन्छ
 देशको स्वाधिनता जोगाउन देशभक्त शक्ति एक हुनुपर्छ
हामी सबै मिलिजुली देश बनाउनु पर्छ
मातृभूमिको रक्षाको लागि जिवन समर्पित छ

मेरो देशको माया कहिल्यै ओझेल हुँदैन
सधैंभरि मेरो हृदयमा रहन्छ कहिल्यै कम हुँदैन
हाम्रो आफ्नै भाषा र विशेषता छ
म एक नेपाली हुँ मलाई नेपाल मन पर्छ

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी