३ जना असइसहित २४ प्रहरी सम्पर्कविहीन

Jan 24th, 2024

काठमाडौं, माघ १०

नेपाल प्रहरीका ३ जना असइसहित २४ प्रहरी सम्पर्कविहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना प्रकाशित गर्दै आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २४ जना प्रहरीलाई गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन भनेको छ । यो अवधिमा नआए सेवाबाट हटाउने प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले सूचित गरेको छ ।

सम्पर्कविहीन हुनेहरूमा तीन जना सहायक निरीक्षक (असइ), २ जना सहायक हवल्दार र बाँकी जवानहरू रहेका छन् ।

लामो समयदेखि हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन ताकेता गरेको छ ।