चोरी गरेको सामानसहित २ जना पक्राउ

Jan 23rd, 2024

ललितपुर, माघ ९
चोरीका सामानसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपालचोक, ईन्द्रावती नगरपालिका-९ फटकसिला स्थायी घर भई हाल ईमाडोल बस्ने २५ वर्षीय अनिल बराईली र ललितपुर महानगरपालिका १२ मंगलबजार बस्ने शिवली ज्वर्लसका संचालक ५४ वर्षीय राजन शाक्य रहेको प्रहरीले जनाएको छ ।

उनिहरुले शम्भु विश्वकर्माको घरबाट स्टिलको दराजभित्र रहेको चाँदी ३ किलो २०७.६ ग्राम (२७५ तोला) तौल बराबरको ३ ढिका चाँदीहरु चोरी गरेको थियो । प्रहरीका अनुसार सोही कारखानाका पुर्व कर्मचारी अनिल बराईलीले चोरी गरेको चाँदी मंगलबजारस्थित रहेको शिवली ज्वेलर्समा रु ३,३०,०००।– (तीन लाख तीस हजार) मा बिक्री गरेका थिए ।

उनीहरुलाई जिल्ला अदालत ललितपुरबाट पाँच दिन म्याद थप गरी बिस्तृत अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।