चैत १५ गतेबाट एसईईको परीक्षा सुरु

Jan 23rd, 2024

काठमाडौं, माघ ९

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । चैत १८ गते अनिवार्य गणित  र २० गते अनिवार्य विज्ञान विषयको परिक्षा हुनेछ ।

यस्तै चैत २१ गते सामाजिक अध्ययन र २२ गते ऐच्छिक  प्रथमपत्रका सबै विषयको परिक्षा हुनेछ । परीक्षा चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।