प्रभु बैंकले लाभांश वितरण नगर्ने

Jan 23rd, 2024

काठमाडौं, माघ ९

प्रभु बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको ३२१औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।बैठकले गत आर्थिक वर्षको वित्तीय रिपोर्ट स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र आगामी साधारण सभाबाट पारित गर्ने निर्णय गरेको छ ।