नेप्से सूचक बढ्यो

Jan 21st, 2024

काठमाडाैं, माघ ७

प्रिओपन सेसनमा नेप्से सूचक ०.६९ अंकले बढ्यो । योसँगै सूचक २१५६.५१ बिन्दुमा पुग्यो । यो सेसनमा ८० लाख ९४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।

सो अवधिमा ५४ कम्पनीका १८ हजार ५ सय ६० कित्ता सेयर कारोबार भयो । जसमा कुल ३ सय ६८ वटा कारोबार भयो ।

यो सेसनमा २४ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको थियो । बाँकी कम्पनीको भाउ परिवर्तन भएन ।