• गृहपृष्ठ
  • किन ढिलो हुन्छन् महालक्ष्मी नगरपालिकाका सडक कालो पत्रे गर्ने काम

किन ढिलो हुन्छन् महालक्ष्मी नगरपालिकाका सडक कालो पत्रे गर्ने काम

Jan 20th, 2024

आधारभूमि माघ ६, ललितपुर ।
ललितपुरको महालक्ष्मी नगरपालिकाको भिमसेन मार्ग १७ सय मिटर सडक कालोपत्रे गर्ने काम गत जेठमा सम्पन्न हुनुपर्ने काम ढिलो गरेकोे समाचार पाइएको छ । सोही पालिकाका सुचना अधिकारी लब प्रसाद गसप्ताले गत जेठ १० गते कालोपत्रे हुने बताएता पनि सो भिमसेन मार्ग सडक कालो पत्रे हुन नसक्नुमा लेखा अधिकृत सुमित्रा महर्जन र नगरप्रमुख हरिगोविन्द श्रेष्ठका कारण ढिलो भएको बुझिएको छ ।

त्यस्तै ग्वार्को कृष्ण मन्दिर टिकाथली सडक, बालकुमारी बालकोट सडक पूर्व नगर प्रमुख रामेश्वर श्रेष्ठको कार्यकालमा शुरु गरिए पनि हालसम्म सडक कालोपत्रे हुन सकेको छैन । सडक कालो पत्रे नहुनुको कारण वडा नं. ५ का वडा प्रमुख कपिल के सी.ले बताए अनुसार नगरपालिकाले ठेकेदारका भुक्तानी समयमा दिन नसकेको कारण कालोपत्रे गर्न ढिलो भएको जनाए ।

कालोपत्रे गर्न ठेक्का पाएको कम्पनी आर आर जे.भी का ठेकेदार सिब थापाले बताए अनुसार लेखा अधिकृत सुमित्रा महर्जन परिक्षाको लागि विदा बसे ता पनि कहिले सम्म भुक्तानी हुने भन्ने टुङ्गो नलाग्ने र समयमा भुक्तानी गर्न आलटाल गरेको कारण सडक कालो पत्रे समयमा नभएको बताए । सडक व्यापारी सिता गिरी भन्छिन् पसल नखोलुत महङ्गीको मारले परिवार बच्चा पढाउन गारो छ खोलुत सडकमा धुलो उडेर रात भरी सुत्न सक्दिन के गर्नु चुनाब आयो यो त्यो सबै काम हुन्छ भन्छन् जिते पछि वास्ता गदैनन् ।