• गृहपृष्ठ
  • माउण्टेन ड्यु बन्याे गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री

माउण्टेन ड्यु बन्याे गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री

Jan 19th, 2024

काठमाडौं, माघ ५

माउण्टेन ड्यु, सफल आरोही गेल्जे शेर्पाको साथमा चो यु हिमाल(८,१८८ मिटर) आरोहण गर्ने उनको सपनालाई साकार पार्ने अभियानमा जुटेको छ ।

अधिक उचाईको हिमाली बाघको रुपमा समेत परिचित गेल्जे शेर्पा एक व्यावसायिक हिमाल आरोही एवं पथ प्रदर्शक हुन्, जसले ८००० मिटर उचाईका धेरै चुचुराहरु आरोहण गर्ने अभियानको पथ प्रदर्शक भएर काम गरिसकेका छन् र २०१९ को प्रोजेक्ट पोसिबल टिमको उनी एक सदस्य पनि थिए, जसले नेपाली शेर्पा समुदायलाई गौरव र पहिचान दिलाएको थियो ।

गेल्जे शेर्पाले “डेथ जोन”को नामबाट परिचित सगरमाथाको एक क्षेत्रबाट सन् २०२३ मा एक पर्वतारोहीको जीवन बचाएका थिए । आफ्नो हिम्मत र वीरता प्रदर्शन गरेर माउण्टेन ड्युको नारा “डरको अगाडी जित छ” जसरी उनले डरको सामना गरेका थिए, त्यसको लागि सम्मान दिंदै गेल्जे शेर्पालाई उनको यात्रामा माउण्टने ड्युले निरन्तर साथ दिने जनाएको छ ।

माउण्टेन ड्युले नेपालबाट माउण्टेन चो यु आरोहण गर्ने गेल्जे शेर्पाको आरोहण अभियान २०२५ लाई सघाउने भएको छ ।

पेप्सीको नेपालका एसोशिएट निर्देशक अनुज गोयलले भने, “एक साहसी शेर्पा गेल्जे, जसले सगरमाथा र अनगिन्ती अन्य आरोहणहरुमा प्रदर्शन गरेको वीरतापूर्ण कार्यको कारण विश्वभर ख्याति कमाउनु भएको छ, वहाँसंग उभिन पाउँदा हामी अत्यन्त उत्साहित भएका छौं । गेल्जे जीको अतुलनीय बहादुरीलाई दर्शाउने डेथ जोनबाट एक पर्वतारोहीको वीरतापूर्वक गरिएको उद्धार कार्य, वास्तवमै माउण्टेन ड्युको भावनासंग पूर्णत मेल खान्छ । गेल्जे शेर्पाको आरोहण अभियान २०२५ लाई सक्रिय रुपमा हामीले साथ दिंदैछौं र यो अभियानमा हामी एक पर्वतारोहीलाई साथ मात्र दिइरहेका छैनौ, हामी अदम्य साहस, बहादुरी र बलियो जोशको प्रत्यक्षदर्शी पनि बनिरहेका छौं । वहाँको आरोहण यात्राले माउण्टेन ड्युले लिएको सीमाहरु तोड्ने र उल्लेखनीय सफलता हासिल गर्ने नाराको मर्म “किनभनें डरको अगाडी जित छ” लाई प्रतिबिम्बित गरेको छ ।”

आरोही गेल्जे शेर्पाले भने, “म माउण्टेन ड्यु, एक त्यस्तो ब्राण्ड जसले सपनाहरु माथि जित हासिल गर्न अदम्य साहस प्रदान गर्दछ, त्यस्तो ब्राण्डबाट प्राप्त हुने निरन्तर साथको लागि आभारी छु । मेरो तर्फबाट माउण्टेन ड्युको साथमा म मेरो सपनालाई साकार पार्दैछु, र यो मेरो लागिमात्र होइन नेपाली समुदायको गौरवको लागि पनि हो । हिमालमा हाम्रो शक्ति र सामर्थलाई दर्शाउने हामी शेर्पाहरुको लागि एक महत्वपूर्ण यो एक उल्लेखनीय उपलब्धि हो ।”